साइकल सिटी सपना

साइकल सिटी सपना

प्रशान्त माली
ललितपुर — ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगरलाई आफ्नो कार्यकालमा साइकल सिटी बनाएर छाड्ने योजना सुनाएका छन् । यसका लागि नेपाल साइकल सोसाइटी काठमाडौंसँग सम्झौता भएर डिजाइन तयार भइरहेको उनको भनाइ छ ।


पाटन दरबार परिसरमा यातायात र पैदल यात्रीको चहलपहल । तस्बिर : कान्तिपुर

‘साइकल लेन विकास गर्न यस आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट छुट्याएका थियौं,’ उनले कान्तिपुरसँग भने, ‘बाटोमा पेन्टिङ गरेर साइकल लेन भनेर चिनाइनेछ ।’
Citizen

पाटन दरबार क्षेत्र केन्द्र बनाएर चारै दिशाबाट चारवटा साइकल लेनको बनाउने महानगरको योजना छ । उपत्यकामा १ हजार ६ सय किमि सडक सञ्जाल छ । तर साइकल रुट अवस्था दयनीय छ । साइकल लेन मात्र नभई पैदलयात्रु सुरक्षित, सजिलै र साइकल पार्किङ सुविधा छैन । नेपालमा बर्सेनि झन्डै १ सय २५ अर्बको इन्धन आयात हुन्छ । साइकल प्रयोगलाई ल्याउन सकेमा इन्धनको खर्च अन्य विकास निर्माणमा प्रयोग गर्न सकिने मेयर महर्जनको भनाइ छ । भन्छन्, ‘साइकल लेनको वैशाख २० भित्रमा अध्ययन प्रतिवेदन तयार भइसक्छ ।’

सम्पदा क्षेत्रलाई प्राथमिकतामा राखेर सवारीसाधन आवतजावत एकतर्फी गर्ने योजना पनि महानगरको छ । ‘दरबार क्षेत्रमा मोटरसाइकल निषेध गर्छौं,’ उनले भने, ‘निषेध गर्न नमिल्ने ठाउँमा एकतर्फी गर्छौं ।’ उनले यस्तो गर्नाले साइकल लेनले प्राथमिकता पाउने बताए । ‘हरिसिद्धि, सुनाकोठी, भैंसेपाटी, खोकना,बुङ्मती बस्तीसमेत समावेश गरी काम भइरहेको छ,’ उनले भने ।

अहिले सहर धूवाँधूलोले कुरूप छ । साइकल लेन निर्माणले सुन्दरता बढाउने र वातावरण प्रदूषण कम गर्ने महानगरको विश्वास छ । अहिले ट्राफिक व्यवस्थापन जिम्मेवारी महानगरभित्र परेको छ । ट्राफिक जामले सबैभन्दा बढी खतरा साइकल यात्रुलाई छ । उनले अबदेखि सडकको डिजाइन गर्दा साइकल लेन प्राथमिकतामा राखिने बताए ।

उनले अन्य नगरपालिकासँग समन्वय गरेर साइकल रुटको विकास गरिने बताए । उपत्यकामा प्रमुख साइक्लिङ गन्तव्यस्थल गोदावरी, चोभार, शिवपुरी, गोकर्ण, नागार्जुन, स्वयम्भू, बूढानीलकण्ठ, चारुमती, पशुपतिनाथ, गुह्येश्वरी, बौद्ध स्तूपलगायत छन् । २० किमि रुटमा काष्ठमण्डपबाट सुरु भएर बल्खु, चाल्नाखेल, बुङ्मती हुँदै खोकनासम्म पुग्न सकिन्छ । ५० किमि रुटमा पाटन–चोभार–कीर्तिपुर–नैकाप–सीतापाइला–बालाजु–धापासी–कपन–बौद्ध रुट छन् । ७५ किमिमा कीर्तिपुर–मच्छेगाउ–बलम्बु–इचंगु नारायण–बालाजु–टोखा–बाँसबारी–बौद्ध रुटमा छन् । सय किमि यात्रा बौद्ध–सुन्दरीजल–भक्तपुर छ ।

ललितपुरको दक्षिण पहाडी भेगमा एकदेखि १२ दिनसम्मको प्याकेज टुर गर्न मिल्ने स्थान छन् । साइक्लिङबाट जंगल सफारी, भारदेउको गुप्तेश्वर गुफा, गिम्दीको चमेरे गुफा, गोटीखेलबाट काभ्रेको पनौती निस्कने महादेव गुफा, गिम्दीको चमेरे गुफा र प्युटारको नागगुफा उत्कृष्ट गन्तव्य स्थल पुग्न सक्ने रुट छन् ।

बाटोमा मृग, खरायो, कालिज, हरिण, जरायो, मृगजस्ता वन्यजन्तु अवलोकन गर्न सकिन्छ । अहिले यी रुट ओझेलमा छन् । पहिचान गरेर व्यवस्थित बनाउन सकेमा पर्यटन प्रवर्द्धन सम्भावना छ । प्रत्येक वर्ष काठमाडौंदेखि खोकनासम्म साइक्लिङ गरिँदै आएको छ ।प्रकाशित : फाल्गुन १८, २०७५ ०७:३१

Comments

Popular posts from this blog

How many bicycle are there in the world?

How bicycle balances